काठमाण्डौ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फ १ करोड ९ लाख ६३ हजार मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ ।
अहिलेसम्म ३७ जिल्लाका ८८ वटा निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सकिएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिन । समानुपातिकतर्फका सबै मतपत्रको छपाइ यसअघि नै सकिएको छ ।
सूचना अधिकारी घिमिरेका अनुसार छपाइ सकिएका मतपत्र फागुन ५ गतेभित्र सबै जिल्लामा ढुवानी गरिनेछ । एकरदुई दिनमै मतपत्र पठाउने काम शुरू हुने छ ।
आयोगले चुनावका लागि केन्द्रबाट नौ प्रकारका सामग्री पठाउनेछ भने ३७ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयले नै खरिद गर्नेछ । सबै सामग्री माघ अन्तिमदेखि पठाउन शुरू गरी फागुन १० गतेभित्र सबै जिल्लामा पुर्याइने आयोगले जनाएको छ ।