काठमाडाै । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई कमजोर नठान्न आग्रह गरेका छन्। उनले राप्रपालाई निषेध गरेर जान नसकिने पनि बताए। काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार कुन्ति पोखरेलको घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले भने, ‘अहिले भर्खरैको यहाँ सानो अवरोध गर्ने प्रयास गरेको कुरा पनि मैले सुनिसकेको छु। मेरो जानकारीमा आएको छ। हाम्रो ज्ञानबहादुर शाही माथिको अवरोध गर्ने प्रयासका कुरा यी सबै जानकारीमा आएको छ।’
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कसैले कमजोर नठाने हुन्छ पनि भनेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम कसैले नपाले हुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी कुनै विदेशीहरूले बनाइदिएको राजनीतिक पार्टी होइन। कसैको जुठो कुरो खाएर विदेशीहरूको आशीर्वादबाट बनेको पार्टी होइन। नेपाली धर्तीमा उत्पन्न भएको र संघर्षबाट निर्माण भएको पार्टी हो र त्यस प्रकारका सबै चुनौतीहरूको सामना गर्ने सामर्थ्यका साथ तयार भएको हुनाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिस्काउने प्रयास कसैले नगर्नु भनेर म भन्न चाहन्छु,’ उनले भने।
फरक प्रसंगमा बोल्दै उनले सरकारले दुर्गा प्रसाईंमाथि पटक पटक अवरोध सिर्जना गर्ने र दुख दिने काम भइरहेको पनि बताए।