काठमाडौं । राप्रपाले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँलाई बिनाशर्त रिहा गर्न माग गरेको छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक विज्ञप्ति जारी गर्दै प्रसाईँलाई दुःख दिने, फरक मान्यतालाई निरुत्साहित तुल्याउने, दबाउने नियतबाट पटक पटक पक्राउ गरिएको भन्दै रिहा गर्न माग गरेका हुन्।
