काठमाडौँ । नेपाली कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनाव पूर्व कसैसँग गठबन्धन नहुने बताएका हुन् ।
उनले अधिनायकवादीहरू मिठो र चिप्लो कुरा गरेरै आउने भन्दै नयाँ भन्नेहरूको भ्रममा नपर्न समेत आग्रह गरे। उनले अन्य दलले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरिरहेको भन्दै यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराए ।
विपक्षी पार्टी र नेताहरूप्रति सामाजिक सञ्जाल तथा अन्य ठाउँमा घृणास्पद अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने कुराले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिथोलिँदै गएको बताउँदै कांग्रेस त्यसप्रति कांग्रेस सचेत रहेको उनले बताए ।