काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच करिब दुई घण्टा लामो छलफल भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
दुईजनाको वार्तामा आगामी निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रुपमा गर्नेबारे छलफल भएको बुुझिएको छ । यस्तै ओलीले निर्वाचन एकै चरणमा गर्नुपर्नेगरी अघि बढ्न सरकारलाई सुझाव समेत दिएको जनाएको छ । यसअघि पनि दुवै जनाबीच पुस २४ गते भेटवार्ता भएको थियो ।