राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन पुगेका छन् । खुट्टामा गम्भीर चोट लागेकाले उनी हाल सहज रूपमा हिँडडुल गर्न सक्ने अवस्थामा छैनन्। यसैबीच आज उनि चितवन पुगेका हुन् ।

घटनापछि पहिलो पटक सार्वजनिक भएको तस्बिरमा लामिछानेको बायाँ खुट्टा कुरकुच्चादेखि घुँडासम्म ब्यान्डेज गरिएको देखिन्छ।लामिछानेले आफ्नै निवासबाट सीमित भेटघाट गर्ने तयारी गरेका छन्। चिकित्सकहरूले तत्काल चुनावी प्रचारमा सक्रिय नहुन सुझाव दिएका छन्।

रवि लामिछाने चितवन–२ बाट रास्वपाका उम्मेदवार हुन्। जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुन जाने क्रममा उनी दुर्घटनामा परेर घाइते भएका थिए।
