काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गरेका छन् । बिहीबार चुनावी प्रचार प्रसारका क्रममा मधेश ओर्लिएका घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै अबको प्रधानमन्त्री उज्यालो नेपाल पार्टीको हुने दाबी गरे । उनले देशको परिवर्तन गर्न उज्यालो नेपाल पार्टीको नेतृत्वमा सरकार बन्ने बताए ।
अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीले जेनजी आन्दोलनको माग र भावना बोकेर अगाडि बढेको जानकारी दिए । उनले पछिल्लो दिनहरुमा काम गरेर आएका व्यक्तिहरु मिलेर बनेको उज्यालो नेपाल पार्टी देशको परिवर्तन गर्न आएको बताए ।
अबको भोट भनेको भाषण गर्नेको नभई काम गर्नेहरुको रहेको उनको भनाई थियो । अध्यक्ष घिसिङले केही पार्टीहरुले भाषण गरेर सामाजिक सञ्जाल चलाएर स्थापित भएको बताए ।