काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ।
पार्टीका सभापति गगन थापाले केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गर्दै दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेका हुन्।
