वीरगञ्ज । पर्सामा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित दुई जना पालिका प्रमुख मंगलबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह र बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंहासन साह तेली औपचारिक रूपमा आज एमालेमा प्रवेश गरेका हुन् ।
जिल्लास्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) ले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।उनीहरू पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री प्रदीप यादव निकट मानिन्छन् ।