काठमाडाै । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि हवन गरिएको छ। एक महिना देखि माइतीघर मण्डलामा आन्दोलनरत ‘नेत्रवाद दर्शन’ समूहले आइतबार देखि संसद् भवनको मुख्य गेट अगाडि होम–यज्ञ तथा पूजा गर्न थालेको हो।
आन्दोलनका क्रममा ज्यान गुमाएका जेन-जी हरूको सम्झना र उनीहरूको सपना पूरा गर्न यो कार्यक्रम आयोजना गरिएको समूहले जनाएको छ। आयोजक नेत्रवाद दर्शनकी अभियन्ता स्मृति राईले पूजा केवल धार्मिक अनुष्ठान मात्र नभइ देशको विद्यमान राजनीतिक र संवैधानिक समस्या समाधानका लागि गरिएको एक सांकेतिक विरोध पनि भएको बताएकी छन्।
