काठमाडौं । संविधान सभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र नारायण देवले नेकपा एमाले परित्याग गरेका छन् । उनले आज विज्ञप्ति जारी गरी एमाले परित्याग गरेको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले सञ्चालन गर्ने विचार नीति र व्यवहारसँग असहमत भएर एमाले त्यागेको उल्लेख छ ।
देव २०८१ असार १७ गते नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरेका थिए ।
