काठमाडौं। सङ्घीय सांसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने भएकी छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा राष्ट्रियसभा बैठकमा जानकारी गराउनेछिन् ।
आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरू सम्बन्धी अध्ययन प्रतिवेदन–२०८२’ राष्ट्रियसभा समक्ष पेस गर्ने कार्यसूची पनि रहेको छ।