धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अरूले पार्टी रोज्दा आफूले भने जनता रोजेको बताएका छन् । मेयर हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुले जनता रोजेको बताएका हुन् । ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ ’ मेयर हमालले लेखेका छन् ।
२०७९ को बैशाखमा भएको स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर धनगढीको मेयर भएका हमाल अहिलेसम्म कुनै पनि पार्टीमा आवद्ध छैनन् । उनीसँगै स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंका मेयर बनेका बालेन शाह, धरान उपमहानगरपालिकाको मेयर जितेका हर्क साम्पाङ मेयर पदबाट राजीनामा दिएर प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् ।