काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका खगेन्द्र सुनारको विवादित अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सुनारले राष्ट्रिय जनावर गाईको विषयमा दिएको अभिव्यक्ति विवादित बनेपछि रास्वपाले ध्यानाकर्षण भएको जनाएको हो ।
शुक्रबार महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै रास्वपामा जोडिनु अगाडि सुनारले व्यक्त गरेको अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना मागिसकिएको बताए ।
