काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुख्यसचिव बिनै काम गरिरहेका छन्।
थापाका मुख्यसचिव कृष्णप्रसाद पौडेलले माघ ८ गते राजीनामा दिएका थिए। राजीनामा दिएको ८ दिन बितिसक्दा पनि सभापति गगन थापाले नयाँ मुख्यसचिव नियुक्त गरेका छैनन्। मुख्यसचिवको नियुक्तिको विषय सभापतिको अधिकार भएको र
छलफलपछि निर्णय हुने बताइएको छ।
राष्ट्रियसभा सदस्यसमेत रहेका पौडेलले निर्वाचन क्षेत्रमा काम गर्नका लागि आफूले बिहीबार पदबाट राजीनामा दिएको बताएका थिए ।
पौडेलले राजीनामा दिएको ८ दिन बित्दासमेत सभापति गगन थापाले नयाँ मुख्यसचिव नियुक्त गरेका छैनन् ।
कांग्रेसमा मातहतका निकायमा पत्राचार, बैठकका निर्णय सार्वजनिक गर्दा र सरकारी कार्यालयमा पत्राचार गर्दा मुख्यसचिवले हस्ताक्षर गर्छन् । तर, विज्ञप्ति र पत्राचारमा प्रवक्ता देवराज चालिसेले हस्ताक्षर गर्दै आएका छन् ।
प्रवक्ता चालिसेले सभापति थापा प्रचार–प्रचार प्रसारका क्रममा मधेसमा रहेकाले कुनै छलफल नभएको र मुख्यसचिव नियुक्तिको विषय सभापतिको अधिकार क्षेत्रभित्र पर्ने बताए ।