काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन शाहले लिनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनलेलामिछानेसँगै देशभरबाट १४ हजार कैदी भागेको उल्लेख गर्दै, भागेकामध्ये दुई जनाको मृत्यु र दुई जनाले आमा तथा श्रीमतीको हत्या गरेको घटनाको जिम्मेवारी सभापति लामिछाने र बालेनले लिनुपर्ने बताएका हुन् । यस्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि हत्या गरेको आरोप लगाउने षड्यन्त्र भइरहेको समेत बताए । उनले भदौ २४ गते संविधान र सुरक्षा निकायहरू हाइज्याक गरेर देशलाई ध्वस्त पार्ने षड्यन्त्र भएको टिप्पणी पनि गरे ।