काठमाडौँ । नेकपा (एमाले)को युवा संगठन ‘युवा संघ नेपाल’को अध्यक्षमा वरिष्ठ उपाध्यक्ष महाराज गुरुङ नियुक्त भएका छन् । अध्यक्ष क्षितिज थेबे पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित र प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार बनेपछि संघको राष्ट्रिय प्रतिनिधिको भेलाले गुरुङलाई आज अध्यक्षमा नियुक्त गरेको हो ।
आफ्नो नेतृत्वमा युवा संघप्रतिको हेर्ने दृष्टिकोण बदल्न प्रयास गर्ने गुरुङको भनाइ छ । साथै, यसबेला पार्टी नेतृत्वप्रति फैलाइएको घृणा र झुटा प्रचारलाई चिर्दै जनतामाझ पुगेर २१ फागुनको निर्वाचनमा पार्टीलाई जिताउने एक मात्रै अर्जुनदृष्टि लिएर युवा संघमा मैदानमा खटिले गुरुङले बताए ।