काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको मुद्दालाई निरन्तरता दिँदै प्रतिनिधिसभाको निर्वाचनका लागि घोषणापत्र जारी गरिसकेको छ । पार्टीले घोषणापत्रमा गणतन्त्रको रक्षा र संघीयता खारेजीलाई मुख्य नाराको रूपमा उठान गरिएको छ।
राष्ट्रिय जनमोर्चाले घोषणापत्रलाई तीन भागमा बाँडेका छ। पहिलो भागमा अध्यक्ष चित्रबहादुर केसीको अपिल, दोस्रो भागमा जेन(जी आन्दोलनपश्चातका राजनीतिक घटनाक्रमहरूको विश्लेषण र तेस्रो भागमा पार्टीको प्रतिबद्धता समावेश गरिएको छ।
भ्रष्टाचारको अन्त्य र देश विकासको लागि संसदमा संघर्ष गर्ने, उद्योग व्यवसायको हितमा भूमिका खेल्नेदेखि कृषि, पर्यावरण, पर्यटन विकास, सहकारी, विकेन्द्रित र सन्तुलित विकास नीति अवलम्वन गर्ने जनमोर्चाको प्रतिबद्धता छ। त्यस्तै बौद्ध पुरातात्विक शहर, यातायात विकास, जलस्रोत, विदेश नीति, राष्ट्रियता, मजदुरको हकहित र रोजगारीको व्यवस्था, रोजगारीको पुनर्स्थापनाजस्ता विषय पनि उठान गरिएको छ।