काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले शहिदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई नभएको बताएका छन् । शहिद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले शहीदहरूको सपना अझै अधुरै रहेको उल्लेख गरेका हुन्।
सन्देशमा शाहले राणा शासनविरुद्ध सङ्घर्ष गर्ने गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई स्मरण गर्दै उनीहरूको क्रूर हत्या भएको ८५ वर्ष बितिसकेको बताएका छन्।
‘त्यसको एक दशकपछि राणा शासनको अन्त्य त भयो, तर राज्य जनताको बन्न सकेन,’ उनले लेखेका छन्। पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको उनले टिप्पणी गरेका छन्।