काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने बताएका छन्।
शहिद दिवसका अवसरमा उनीहरुको अदम्य साहस, सङ्कल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गर्दै सभापति थापाले शहिदहरुले आफ्नो जीवन देश र जनताका लागि समर्पण गरेकै कारण आज नेपालीले स्वतन्त्रताको युगमा श्वास फेर्न पाइरहेका बताएका हुन्।
सभापति थापाले नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ को ‘जेनजी’ विद्रोहसम्म, इतिहासका विभिन्न कालखण्डमा भएका समस्त आन्दोलन र सङ्घर्षहरुमा आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण वीर शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
