सर्लाही । बुधबार मात्र नेपाली कांग्रेसका सभापति गगन थापाबाट टीका लगाएर कांग्रेस प्रवेश गरेका सर्लाहीको गोडैता नगरपालिका– ५ का वडाध्यक्ष प्रकाश प्रसाद गुप्ता आज पुनः आफ्नै पुरानो पार्टी जनता समाजवादी पार्टी (जसपा) मा फर्किएका छन् ।
जसपाबाट निर्वाचित वडाध्यक्ष गुप्ताले आज आफू कांग्रेस परित्याग गरी पुरानै पार्टीमा फर्किएको घोषणा गरेका हुन् । उनले आगामी निर्वाचनमा पनि जसपालाई नै सहयोग गर्ने स्पष्ट पारेका छन् ।
एक भिडियोमा उनले आफू सुरुदेखि नै जसपामा रहेको, पार्टीप्रति प्रतिबद्ध रहेको र गोडैता नगरपालिका – ५ का निर्वाचित वडाध्यक्षका रूपमा काम गरिरहेको बताएका छन् ।