काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचको प्रसाचर प्रसारका लागि उपसभापति डीपी अर्याल (डोलप्रसाद)संयोजकत्वमा ५१ सदस्यीय संघीय निवार्चन सम्पादन समिति गठन गरेको छ । समितिको सदस्यसचिवमा शंकर श्रेष्ठ छन् ।
यसैगरी, रास्वपाले प्रदेश समन्वय समिति पनि गठन गरेको छ । कोशीमा उपेन्द्र पाण्डे, मधेशमा, डा. नमिता यादव, बागमतीमा सिरता ज्ञावली, गण्डकीमा तोयाराज अधिकारी, लुम्बिनीमा अर्जुन अधिकारी, कर्णालीमा श्यामबाबु गौतम र सुदूपश्चिमा डा. कृष्ण भेटुवालले प्रदेश समन्वय सचिवको जिम्मेवारी पाएका छन् ।
यस्तै ३ वटा उपसमिति पनि गठन भएका छन् । अन्तरित समन्वय उपसमितिमा रामकृष्ण भट्टराई, प्रशासनिक समन्वय उपसमितिमा विष्णुकुमार श्रेष्ठ र संचार समन्वय उपसमितिमा प्रतिभा रावल संयोजक छन् ।
