काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचनको प्रचारमा बालबालिका प्रयोग नगरेको जवाफ दिएका छन् ।
बालबालिका प्रयोग गरेको उजुरीपछि निर्वाचन आयोगले साम्पाङसँग लिखित जवाफ मागेको थियो । जवाफमा साम्पाङले बालबालिका प्रयोग गरेको आरोप गलत भएको पत्र पठाएका छन् ।
बालबालिका प्रयोगको आरोप गलत भएकाले कार्बाहीको आवश्यकता नरहेको उनले तर्क गरेका छन् ।
साम्पाङ विरुद्ध चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको आरोप लगाउदै धरान नगर बाल सञ्जालले आइतबार उनीविरुद्ध उजुरी दर्ता गराएको थियोे । सोही अनुसार निर्वाचन आयोगले स्पष्टीकरण सहितको जवाफ मागेको थियो ।
यस्तो छ साम्पाङको जवाफ

