काठमाडौं । भारतको महाराष्ट्र राज्यको बारामतीमा भएको चार्टर्ड विमान दुर्घटनामा उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको पुष्टि भएको छ।
बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो। प्रारम्भिक रूपमा उनी गम्भीर घाइते भएको बताइए पनि उपचारका क्रममा उनको मृत्यु भएको आधिकारिक रूपमा पुष्टि गरिएको हो।
विमानमा पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा उडान कर्मचारी पनि सवार थिए। घटनामा सहित ५ जनाको मृत्यू भएको जानकारी आएको छ। दुर्घटनापछि विमानमा आगलागी भएको र बाक्लो धुवाँ उठेको दृश्यहरू सार्वजनिक भएका छन्। घटनास्थलमा उद्धार तथा चिकित्सक टोली परिचालन गरिएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जनाइएको छ। सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी छ।