काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म घोषणा भएकामध्येबाट चुनावपछि कोही प्रधानमन्त्री नहुने दाबी गरेका छन्।
भावी प्रधानमन्त्रीको रूपमा कांग्रेसले सभापति गगन थापा, एमालेले अध्यक्ष केपी ओली र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।
तर आज पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘जसले प्रधानमन्त्री घोषणा गरेका छन्, कोही प्रधानमन्त्री हुँदैनन्।’