काठमाडौं । मधेश प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हाको मंगलबार निधन भएको छ ।
नेपाली कांग्रेसबाट २०७४ सालको प्रदेश सभा निर्वाचनमा रौतहटको क्षेत्र नं. २ (क) बाट निर्वाचित ७३ वर्षीय सिन्हाको उपचारको क्रममा मेडिसिटि अस्पताल काठमाडौँमा निधन भएको हो ।
तत्कालीन प्रदेश नं. २ का प्रदेश सभा सदस्य सिन्हा रौतहटको साबिक औरैया गाबिसको २ कार्यकाल अध्यक्ष थिए । ईशनाथ नगरपालिका वडा नं. २ निवासी सिन्हाको निधनसँगै समग्र रौतहट शोकमा परेको छ ।