काठमाडौं । नेपाली कांग्रेसले पार्टीको घोषणापत्र लेखन कार्य जारी रहेको जनाएको छ। केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता देवराज चालिसेले केही समयपछि घोषणापत्र सार्वजनिक गर्ने तयारी भइरहेको बताए।
यस्तै चालिसेले आगामी निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताउँदै उनले फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएका हुन् ।घोषणापत्रमा सुशासन, विकास, भविष्यप्रति यथार्थवादी तथा विश्वसनीय कार्यक्रम समावेश हुने जनाएको छ। फागुन ७ गते जनकपुरमा पार्टीको विशेष चुनावी सभा राखेको समेत चालिसेले बताए।

