काठमाडौँ । पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले श्रेष्ठलाई पार्टीमा स्वागत गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका श्रेष्ठ ‘स्वास्थ्य मन्त्री बन्छु सहयोग गर्नुस्’ भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निष्कासित गरेको थियो । मन्त्री बन्न उनले प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।
उनै श्रेष्ठलाई राईले आज पार्टीमा भित्र्याएका हुन् । यसअघि उनलाई प्रतिबन्धित लागुऔषध बिक्री गरेको अभियोगमा कास्की प्रहरीले पक्राउ गरी कारबाहीसमेत गरेको थियो ।