काठमाडौँ । चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रमका बिच बद्री न्यौपाने नेतृत्वको उक्त पार्टी नेकपामा समाहित भएको हो । एकताका लागि नेकपाका संयोजक प्रचण्ड र चुरे भावरका न्यौपानेले सहमति पत्रमा हस्ताक्षर गरे ।
आजै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल (एकता पक्षधर समूह) बाट विद्रोह गरी पोलिटब्युरो सदस्य भीम चापागाईको नेतृत्वमा अर्को टोली पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको नेकपाको केन्द्रीय कार्यालयले जनाएको छ ।