काठमाडौं । तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डु स्थित निवासमा अध्यक्ष ओलीले पार्टीको झन्डा, नेपालको झन्डा र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् ।
अध्यक्ष लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको बताए । कमिटीका अध्यक्ष राजेश लामासँगै जिल्ला कमिटीका सदस्य विष्णु जोशीले पनि पार्टी प्रवेश गरेका छन् ।