काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी नेतृत्वको अधिनायकवादी शैली नरोकिए पार्टी फुट्न सक्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा व्यक्त गर्दै खनालले पार्टीका नेता हरिबोल गजुरेललाई गरिएको कारबाहीप्रति संकेत गर्दै उक्त निर्णय फिर्ता नभए पार्टी एकीकरण भई नसक्दै विशृङ्खलता तिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुने उल्लेख गरेका छन् ।
खनालले गजुरेलजस्ता वरिष्ठ नेतालाई स्पष्टीकरणको मौकासमेत नदिई निष्कासन गर्नु आश्चर्यजनक र कठोर निर्णय भएको टिप्पणी गरेका छन् । उनले पार्टीका अन्य घटकबाट आएका नेताहरूलाई जानकारी नै नदिई सञ्चारमाध्यमबाट कारबाहीको खबर सार्वजनिक गरिनु विधि र पद्धति विपरीत भएको टिप्पणी गरेका छन् ।
आगामी फागुन २१ गतेको आम निर्वाचन नजिकिँदै गर्दा कम्युनिष्टहरूबीच नीतिनिष्ठ एकता आवश्यक रहे पनि नेतृत्वको कार्यशैलीले समस्या निम्त्याएको खनालको निष्कर्ष छ ।