काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक दस्तावेजमा पार्टीले स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई मूल आदर्शका रूपमा अघि सारेको छ ।
प्रतिबद्धता पत्रमा संघीयता सुदृढीकरण, प्रदेशलाई स्वायत्त र अधिकारसम्पन्न बनाउने, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, दलित, महिला, मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिमलगायत सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

