काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका १५ जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन्।
आइतबार विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन्। विज्ञप्तिमा उनीहरूले अब तत्काल विचार, मूल्य र नागरिक सरोकारका आधारमा क्रियाशील रहने उल्लेख गरेका छन्।
पार्टी परित्याग गर्ने केन्द्रीय सदस्यहरूमा डा. विशालकुमार भण्डारी, डा. अभिसेकराज सिंह, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, विशाल गैरे, सरला लामिछाने, सुजन श्रेष्ठ, कुशुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ, संजीव भट्टराईलगायत रहेका छन्।
उनीहरूले सामूहिक रूपमा जारी गरेको विज्ञप्तिमा पार्टी परित्यागको कारणबारे विस्तृत उल्लेख नगरिए पनि अब आफूहरू वैचारिक प्रतिबद्धता, मूल्य र नागरिक सरोकारलाई केन्द्रमा राखेर गतिविधि अघि बढाउने बताएका छन्।
उज्यालो नेपाल पार्टी परित्याग गर्ने केन्द्रीय सदस्यहरूको सूची सार्वजनिक भएसँगै पार्टीभित्र देखिएको असन्तुष्टि सतहमा आएको देखिएको छ।