दाङ। राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। महिलातर्फ एमालेकी रामकुमारी झाँक्री र अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्ग अल्पसङ्ख्यक कोटामा बासुदेव घिमिरे विजयी भएका हुन् ।
महिलातर्फ एमालेकी झाँक्रीले ६ हजार ३०३ मतभारसहित जित निकाल्दा उनको प्रतिद्वन्द्वी नेकपाकी दुर्गाकुमारी भण्डारीले १३६२ मत प्राप्त गरिन्। जनमोर्चाको पदमा पण्डित १५२ मतभार ल्याए ।
अन्यतर्फ कांग्रेसका केसीले पाँच हजार ९७७ मतभारसहित विजयी भए भने उनको प्रतिद्वन्द्वी नेकपाका बृहस्पति अधिकारीले १८३२ मतभार प्राप्त गरे। यस्तै जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार पाए।
यस्तै अपाङ्ग अल्पसङ्ख्यक तर्फ कांग्रेसका बासुदेव घिमिरेले ५३२३ मतभार विजयी भए भने नेकपाका सर्जन विक ले १६०१ मतभार पाए।