पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट दुवै पदमा गठबन्धन उम्मेदवार विजयी भएका छन् । अन्यमा कांग्रेसका जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्य समूहमा नेपाली कांग्रेसका उम्मेदवार तिमिल्सिनाले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका कपिल लामालाई ४ हजार ९२ मतभारको फराकिलो अन्तरले पराजित गरे ।
तिमिल्सिनाले ५ हजार ३३ मतभार पाउँदा लामाले ९ सय ४१ मतभार पाएका छन् । महिला समूहमा नेकपा (एमाले)की उम्मेदवार देवकोटाले ५ हजार १४ मतभार पाएकी छिन् ।