विराटनगर । राष्ट्रियसभा सदस्यमा कोसी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थापा तथा एमालेका सोम पोर्तेल र रोशनी मेचे विजयी भएका छन् । तीन पदमा भएको निर्वाचनमा थापा यसअघि नै निर्वाचित भएका थिए । पोर्तेल र मेचे आइतबार भएको निर्वाचनबाट विजयी भएका हुन् । नेपाली कम्युनिस्ट पार्टीका खेम सुन्दास र नमिता न्यौपाने पराजित भएका छन् ।