काठमाडौँ । राष्ट्रिय सभाको रिक्त हुने १८ पदका लागि आज निर्वाचन सम्पन्न भएको छ। बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो। राप्रपाका मतदाता भने राष्ट्रिय सभा निर्वाचनमा सहभागी नभएको जनाएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राप्रपा राष्ट्रिय सभा निर्वाचनमा सहभागी नभएको जानकारी दिए ।
राप्रपाबाट राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारी पनि परेको थिएन। राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्। राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेका थिए। आज सम्पन्न निर्वाचनमा कर्णालीमा कुल १९८ मतदाता संख्यामध्ये १९१ मत खसेको छ । वाग्मती प्रदेशमा ३१८, लुम्बिनीमा २८६ ,सुदूरपश्चिममा २२०, मधेशमा ९९ मत खसेको जनाएको छ । यस्तै बागमतीमा ३१८ जनाले मतदान गरेका छन् भने गण्डकीमा २२३ जनाले मत दिएका छन् । राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै आउने जनाएको छ ।