काठमाडौं । आम जनता पार्टीकी नेतृ एलिजा गौतमले जनताको सुख–दुःखमा साथ दिने र अन्याय तथा अभावविरुद्ध आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गौतमले आफू जनताकै आवाज बन्न राजनीतिमा आएको उल्लेख गरेकी छन्। उनले समस्या समाधान र सुन्दर भविष्य निर्माणका लागि अवसर दिन आग्रह गरेकी छन्।
गौतमले लेखेकी छन्, “तपाईँको सुख–दुःखको साथी बन्दै, अन्याय र अभावविरुद्ध तपाईँकै आवाज बन्न म एलिजा गौतम आएकी छु। समस्याको समाधान र सुन्दर भविष्यका लागि मलाई एउटा अवसर दिनुहोस्, तपाईँको यो विश्वास म कहिल्यै टुट्न दिने छैन।”
पूर्व सञ्चारकर्मीसमेत रहेकी गौतम हाल आम जनता पार्टीको राजनीतिमा सक्रिय छिन्। पार्टीले उनलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार बनाएको छ।
उनले आफ्नो अभिव्यक्तिमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने, जनताका समस्या उठाउने र समाधानमा पहल गर्ने उद्देश्य रहेको स्पष्ट पारेकी छन्।
गौतम आम जनता पार्टीबाट रौतहट–४ का उम्मेदवार ऋषि धमलाकी श्रीमतीसमेत हुन्।