काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाललाई नियुक्त गरेको छ। आइतबार बसेको राष्ट्रिय सभा संसदीय दलको बैठकले भुसाललाई दल नेता चयन गरेको हो। सोही बैठकले प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरेको पार्टीले जनाएको छ।
यसअघि दलका नेता रहेका नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेपछि पदबाट राजीनामा दिएका थिए। श्रेष्ठको राजीनामापछि रिक्त पदमा भुसाललाई दल नेता नियुक्त गरिएको हो