काठमाडौं । पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समानुपातिक उम्मेदवार ज्ञानेन्द्र मल्लले मैदान फेरिए पनि लक्ष्य उही भएको बताएका छन्। सामाजिक संञ्जाल फेसबुक मार्फत देशको भविष्य प्रति सबै जिम्मेवार रहेको भन्दै उनले फरक पृष्ठभूमिबाट आए पनि सपना एउटै भएको बताएका हुन् ।
यो एक्लो यात्रा नभएर सबैको संकल्प भएको उनको भनाइ छ । उनले खेलकुदमा जस्तै राजनीतिमा पनि साथ र सुझाव मिल्ने विश्वास लिएका छन् ।
‘यो देश हाम्रो हो। यसको भविष्य पनि हाम्रो जिम्मेवारी हो। हामी फरक पृष्ठभूमिबाट आएका हुन सक्छौं, तर सपना एउटै हो( सम्मानित, सक्षम र आत्मनिर्भर नेपाल’, उनले भनेका छन्, ‘यो मेरो एक्लो यात्रा होइन, यो हामी सबैको साझा संकल्प हो। मलाई विश्वास छ, हिजो जस्तै आज पनि मलाई तपाईंहरूको साथ र सुझाव मिल्नेछ ।’
रास्वपाले आगामी निर्वाचनमा समानुपातिक उम्मेदवार बनाएको र अवसर दिएको भन्दै उनले धन्यवाद दिएका छन् । खेलाडीलाई अवसर थोरैले मात्र दिने भन्दै उनले रास्वपाप्रति आभारी प्रकट गरेका हुन् ।