काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक दलले पेस गरेको बन्द सूचीमा सूचीकृत तीन जना उम्मेदवारका बारेमा उजुरी परेका छन् ।
निर्वाचन आयोगले आज जारी गरेको विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट बन्द सूचीको क्रम सङ्ख्या ९७ मा नाम रहेका सिरहाका चन्दे्रश्वर मण्डल, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट बन्दसूचीको क्रम सङ्ख्या ६२ मा नाम रहेका ललितपुरका जीवन लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बन्द सूचीको क्रम सङ्ख्या ३७ मा नाम रहेका पाख्रिबास–८, धनकुटाका कुमारबहादुर थापाका बारेमा आयोगमा उजुरी परेको उल्लेख छ ।
सम्बन्धित पक्षले आ–आफ्नो सबुद प्रमाणसाथ माघ १३ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र आयोगमा अनिवार्य रूपमा उपस्थित हुन सूचित गरिएको आयोगले जनाएको छ ।
आयोगले बोलाएको समयमा उपस्थित नभए कानुनले व्यवस्था गरेबमोजिम हुने जनाइएको छ ।