काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले जनकपुरबाट निर्वाचन केन्द्रित अभियान सुरु गर्न लागेको छ ।
कांग्रेसले माघ १६ गते जनकपुरमा सभा गरी निर्वाचनको औपचारिक अभियान सुरु गर्न लागेको हो।
कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरेर चुनावी अभियान गर्न लागिएको कांग्रेस मधेश प्रदेशका प्रचार संयोजक नितेशकुमार गुप्ताले जानकारी दिए ।कांग्रेसले जनकपुरसहित विभिन्न स्थानमा पनि चुनावकेन्द्रित सभाहरू गर्ने तयारी गरेको छ।
गुप्ताका अनुसार पार्टीले माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय वृहत् सभा आयोजना गरेर चुनावी अभियानको औपचारिक सुरुवात गर्नेछ । जनकपुरमा हुने सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि जनकपुरबाटै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि चुनावी अभियान सुरु गरेको थियो ।