काठमाडौं । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका पूर्व शिक्षामन्त्री महावीर पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी , नेसनल रिपब्लिक नेपाल पार्टी र उज्यालो नेपाल पार्टीले समर्थन गर्ने भएको छ ।
शनिबार म्याग्दीको वीरेन्द्रचोकमा स्वतन्त्र उमेदवार महावीर पुनले आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेर रास्वपाका उमेदवार युवराज रोकारोकाले आफ्नो समर्थन रहेको बताएका हुन् ।
उता उज्यालो नेपालले पनि पुनको उम्मेदवारीलाई सघाउने औपचारिक निर्णय गरेको पार्टीका महासचिव धर्म चौधरीले जानकारी दिए । पुन त्रिभुज चुनाव चिह्नबाट निर्वाचन लड्दै छन् । यसरी तीन पार्टीका उम्मेदवारले समर्थन गरेपछि पुनको चुनाव जित्ने माहोल सहज बन्दै गईरहेको छ ।