काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनमा उच्च मनोवलका साथ परिचालन हुन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।
शुक्रबार २५औँ सशस्त्र प्रहरी दिवस (रजत महोत्सव)मा बोल्दै महानिरीक्षक अर्यालले स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण सशस्त्र प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् ।
सशस्त्रले प्रधान कार्यालय हल्चोकमा महानिरीक्षक अर्यालको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम गरि रजत महोत्सव सम्पन्न गरेको छ ।