पर्सा - पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका राजेश्वर साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। नेपाली कांग्रेसबाट टिकटको आकांक्षा राखेका साहले अन्तिम समयमा टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए।
पूर्वप्रदेशसभा सदस्यसमेत रहेका साहले निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिई उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मधुसूदन आचार्यले जानकारी दिए। उनी नेपाली कांग्रेसका बागी उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका थिए।