काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन सक्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा एमाले जिल्ला समिति ओखलढुंगाका नेताहरूलाई नेकपा प्रवेश गराउँदै प्रचण्डले अझै पनि देशमा पुरै दुर्घटना नटरेको भन्दै बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन सक्ने अभिव्यक्ति दिएका हुन् ।
उनले देशलाई फेरि अर्को अनिष्टमा जान नदिने जिम्मेवारी आफूहरूले लिएको भन्दै वामपन्थी, कम्युनिस्ट र राष्ट्रवादी शक्तिहरूलाई एकै ठाँउमा ल्याउने अभियानको सुरुवात गरेको धारणा राख्दै राष्ट्र संकटमा रहेकाले वामपन्थीहरू एकताबद्ध हुन उनले आह्वान समेत गरे ।