बारा - बारामा दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। चारवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी कुल ११२ जनाले मनोनयन दर्ता गराएका थिए। उम्मेदवारी फिर्ता लिनेमा संघीय समाजवादी पार्टीका कलामुद्दिन हवारी र युनाइटेड नेपाल डेमोक्रेटिक पार्टीका नरबहादुर श्रेष्ठ रहेका छन्।
निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार बारा–१, २ र ३ मा कुनै पनि उम्मेदवारले नाम फिर्ता लिएनन् भने क्षेत्र नम्बर–४ बाट दुई जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। उम्मेदवारी फिर्तापछि बारामा क्षेत्र नम्बर–४ मा ३७, क्षेत्र नम्बर–३ मा ३९, क्षेत्र नम्बर–२ मा २९ र क्षेत्र नम्बर–१ मा २० जना गरी कुल ११० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा कायम भएका छन्।