काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आशिका तामाङले आफूले उम्मेदवारी फिर्ता लिन नलागेको बताएकी छन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आफू चुनाव जित्न उठेको भन्दै हल्लाका पछि नलाग्न भनेकी हुन् ।
साथै उनले उम्मेदवारी फिर्ता नभएर जनताको प्रतिनिधि बनेर आउने बताएकी छन् । यद्यपि धादिङका निर्वाचन अधिकृत एकराज अधिकारीले तामाङले आशिकाले फोन र इमेलबाट उम्मेदवारी फिर्ताका लागि सम्पर्क गरेको बताएका थिए ।