काठमाडौं । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । कालिकोटबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले आज निर्वाचन आयोगमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।
कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका उनलाई रोकेर विशेष पक्षमा खुलेका पार्टी केन्द्रले हर्षबहादुर बमलाई टिकट दिएको थियो ।