काठमाडौं । पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको छ ।
यस्तै काठमाडौं क्षेत्र नम्बर १० बाट उम्मेदवार रहेकी सुमित्रा बस्नेतको उम्मेदवारी खारेज भएको छ ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी छानबिन गर्दा प्रमाणित भएपछि उनको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । बस्नेत मितेरी पार्टीबाट उम्मेदवार बनेकी थिइन् ।